१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेपाली कांग्रेसका वाैद्धिक नेता एवं सांसद प्रदीप गिरीको ७५ वर्षको उमेरमा निधन

४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका वाैद्धिक नेता एवं सांसद प्रदीप गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । गिरीको शनिबार राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

गिरीको ९ः३६ मिनेटमा नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको परिवारले जनाएको छ । गिरी करिब एक वर्षदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका थिए । लामो समय भारतमा उपचार गराएर तीन साता अघि काठमाडाैँ फर्किएका गिरीको मेडिसिटीमा उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार २२:१६