१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

प्रदीप गिरीको स्वास्थ्यवस्थाबारे परिवारले दियो जानकारी, सबैले स्वास्थ्यलाभको कामना गराैँ

४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ । अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो ।

अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीले अस्पताल परिवारलाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:४९