१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कोरोनाबाट थप दुई जनाको मृत्यु, देशभर २९९ नयाँ संक्रमित थपिए

४ भदाै, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा ५७७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:४१