१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

४ भदाै, मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट ६ सय ट्याब्लेट, डाइजेपाम ९ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको हो

बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषधी बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:३९