१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राष्ट्रपति भण्डारीद्धारा पाटनको कृष्ण मन्दिमा पूजा–अर्चना

३ साउन, ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।

प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन बिशेष मेला लाग्ने गर्दछ ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको संस्कृतिविद्हरुको भनाई छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:५६