२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध


१ भदौ, काठमाडौं । सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए ।

सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।

बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १३:२२