२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

आक्रमणबाट घाइते नुवाकोटकी आईतिमाया र आलिनको उपचारमा आर्थिक अभाव


१ भदौ, नुवाकोट । अज्ञात समूहको संघातिक आक्रमणमा परेका नुवाकोटका दुइ जनाको उपचारमा आर्थिक अभाव भएको छ । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ की आईतिमाया तामाङ र उनको छोरा आलिन तामाङको उपचारमा खर्च अभाव भएको उनको आफन्तले बताएका छन ।

उनीहरूको काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र स्टार अस्पताल सानेमामा उपचार भैरहेको छ । साउन ४ गते उनीहरू माथि अज्ञात व्यक्तिको समूहले आक्रमण गरेर घाइते बनाएको थियो । आलिनको टाउकोमा गम्भीर चोट लगोको र मेरूदण्ड समेत भाँचिएको छ भने आमा आईतिमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनीहरूको तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभाव भएपछि शल्यक्रियाको काम नै रोकिएको छ । अहिले उनको उपचारका लागि आर्थिक सहयोग संकलनको अभियान सुरू भएको छ । आईतिमायाका पति तथा आलिनका पिता सिङ्गराज तामाङको मोबाइल नम्बर ९७४२४६०९३० मा सम्पर्क गरेर वा एनआइशी एसिया बैंक त्रिशुलीमा रहेको सिंहराज तामाङको बैंक खातामा सिधै पैसा सहयोग गर्न सकिने बताइएको छ । उनको एनआइशी एसियाको खाता नम्बर १९५५७५०८११६७३००१ रहेको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १३:०७