२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज


१ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ।

गत १ फागुनमा महाअभियोगवाट निलम्बित भएका प्रधानन्यायधिस राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन ।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समय पछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमुति दिए पछि पहिलो बैठक बस्न लागेको हो ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए।

महाअभियोग सिफारिस समितिमा को को छन ? 

महाभियोग सिफारिस समितिमा सत्तारूढ र विपक्षी दुवैतर्फका सांसदहरू सदस्य छन्। उक्त समितिमा मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन्।

अब उक्त समितिले जबराविरुद्ध लागेका करिब दुई दर्जन आरोपबारे छलफल गरेर संसद्‌समक्ष सिफारिस गर्नेछ। संविधान अनुसार उक्त समितिको समयसीमा तीन महिनासम्मको हुनेछ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ०९:४५