२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

बद्नाम ठेकेदारको अंगरक्षक प्रचण्ड नै देश बनाउने गफ दिन्छनः मेयर साह


३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्माथि खनिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेन्द्रले अध्यक्ष पचण्डलाई बद्नाम ठेकेदार शारदा अधिकारीको अंगरक्षक बनेर देश बनाउने गफ नदिन आग्रह गरेका छन ।

उनले भनेका छन, ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रचण्डको घरबेटी अधिकारीले ठेक्का हत्याउने तर काम नगर्ने गरेर एक दशकदेखि सडक अलपत्र बनाएपछि सरकारले ठेक्का तोडेको थियो । तर अधिकारी सरकारले ठेक्का तोडेर कालोसूचीमा राखेको भन्दै सर्वोच्चमा मुद्दा हाल्न पुगेका छन ।

नुवाकोटका जनताले प्रचण्डका घरबेटी अधिकारीको अत्याचारबाट मुक्ति पाए, पासाङल्हामुको ठेक्का तोडियो

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार २२:१७