२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

प्रतिनिधिसभाबाट पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित


३१ साउन, काठमाडौं । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १३:२६