१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोरोनाको ८ सय ८८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

३० साउन, काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १७:३६