१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्वतन्त्रता दिवसकै दिन रुपन्देहीमा चल्याे गाेली, युवा घाईते

३० साउन, भैरहवा । रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गाेली हानी फरार भएकाे छ । आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेकाे स्थानीयले बताएका छन्प । गुरुङको पेटकाे छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे छ । घटना लुटपाट वा के हाे भन्ने खुलेकाे छैन । गोली कसले चलायाे बारे अनुसन्धान भइरहेकाेे छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १४:०४