३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मोबाइलको आईएमईआई नम्बर दर्ता अाजदेखि अनलाइनबाट, कसरी थाहा पाउने नम्बर ?

१ फागुन, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट अनलाइनमा आधारित रहेर मोबाइल आईएमईआई नम्बर दर्ता गर्न सकिने जनाएको छ । मोबाइल आईएमईआई दर्ता प्रक्रियालाई सहज बनाउने क्रममा प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । यसको शुरुवातसँगै मोबाइल आयातकर्ता व्यवसायी र व्यक्तिले सिधै अनलाइनमार्फत मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सक्ने छन ।

भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाई खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले गत वर्षदेखि आइएमईआई दर्ता सुरु गरेको हो । अव यो दर्तासम्बन्धी व्यवस्थालाई थप सरलीकृत गर्दै अनलाइनबाटै व्यक्ति वा संस्थाले घरमै बसेर दर्ता गर्न सकिने बनाइएको हो ।

आईएमईआई नम्बर हरेक सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा मोबाइल लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाई खवर गर्न र भेट्न सजिलो हुने छ ।

कसरी थाहा पाउने नम्बर रु
आफ्नो मोबाइलमा रहेको आइएमईआई नम्बर थाहा पाउनका लागि ‘एस्ट्रिक ह्यास शून्य छ र ह्यास’ डायल गर्नुपर्छ । यदि मोबाइलकर्ताको फोन हराएको वा चोरी भएको छ भने सम्बद्ध व्यक्तिले त्यस्तो फोनको बारेमा प्रहरीलाई जानकारी दिनको लागि पनि आईएमईआई नम्बर अनिवार्य हुन्छ । त्यसैले फोन नहुँदा पनि केही सामान्य उपायबाट फोनको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ । हरेक फोनको रिटेल बक्स तथा बिल दुबैमा आईएमईआई नम्बर लेखिएको हुन्छ । विदेशबाट ल्याइएका फोन पनि अव प्रयोगकर्ताले घरमै बसीबसी दर्ता गर्न सक्ने छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार ११:१८