१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ

२९ साउन, काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् । आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैरसंसद कार्चेन लामाकाे कार्यकाल ६ महिना पूरा भएपछि उद्याेग मन्त्रालय खाली थियाे ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १२:२४