१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

रुस्दीका आक्रमणकारीलाई हत्या प्रयासको अभियोग

२९ साउन, काठमाडाैँ । अमेरिकामा शुक्रबार एक कार्यक्रममा चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ ।

७५ वर्षीय रुस्दीको अवस्था गम्भीर छ । भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास सटानिक भर्सेजले इस निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार ०७:२८