४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रविरूद्ध चार उजुरी, विवादित अादेशिवरूद्ध माइतिघरमा प्रदर्शन

२० भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश अोम प्रकाश मिश्रको विरूद्धमा संसदीय सुनुवार्इ विशेष समितिमा चारवटा उजुरी परेको छ ।

बुधबार मिश्रविरूद्ध उजुरी गर्ने अन्तिम दिन विभन्न विषयका चार उजुरी परेको जेष्ठ सदस्यका नाताले समितिको सभापतित्व गर्दै अाएका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सशस्त्र प्रहरीका रञ्जन कोइरालाको मुद्दामा मिश्रले गरेको आदेश, हाँडीगाउँको जग्गा, एनसेलका सम्बन्धमा गरिएको आदेश र शैक्षिक प्रमाणपत्रका सम्बन्धमा उजुरी दर्ता भएको समितिका एक सदस्यले जानकारी दिए ।

बरिष्ठताका आधार भदौ ७ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका प्रधानन्यायाधीश मिश्रमाथि परेका उजुरीहरुको शीलबन्दी भदौ २२ गतेको बैठकमा खोलिने संसदीय सुनुवाई समितिले जनाएको छ ।

यसैबीच महिला हिंसा र बलात्कारविरुद्ध सामाजिक अभियान चलाउँदै आएकी सावित्री सुवेदीको नेतृत्वमा मिश्रका विरूद्धमा माइतिघरमा प्रदर्शन भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार २१:५०