३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

यामाहाको नयाँ योजना ‘विजय यात्रा’ सार्वजनिक, ग्राहकलार्इ सात हजारदेखि एक लाखसम्म छुट

२० भदाै, काठमाडाैँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैँ र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना सर्वजनिक गरेको छ ।

‘विजय यात्रा’ नाम दिइएको योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले ब्रान्ड न्यू यामाहा आर –३ जित्न सक्नेछन् ।

‘चाडबाडको रौनकलाई अझ उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौँ । हामीलाई आशा छ, नगद छुट र साप्ताहिक लकी ड्रले हाम्रा ग्राहकलाई रोमाञ्चित गराउनेछ,’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने ।

नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याच कार्डमार्फत कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा यामाहा आर –३ जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले बाइकको पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र माइलेज बढी दिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १८:२४