प्राइम सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि कारागार चलान
२० भदौ, मोरङ । प्राइम बचत तथा ऋण सहकारीको नाममा बचतकर्ताको ४ करोड बढी ठगेका तीन जना सञ्चालक पुर्पक्षका लागि कारागार चलान भएका छन । ठगी गरेको आरोप लागेका १२ जना मध्ये तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले बुधबार र्इन्द्रलाल श्रेष्ठ, र्इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । २ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अरोपित अन्य नाै जना फरार रहेका छन ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १८:१८