३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

आज नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै उच्च

२० भदाै, काठमाडौँ । आज नेपाली बजारमा  डलरकाे भाउ अहिलेसम्मकै उच्च भएकाे छ । १ डलरको भाउ १ सय १४ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको करिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएका कारण नेपाली बजारमा डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डलरको भाउ महँगो हुँदा नेपाले आयात गर्ने विदेशी सामाग्रीको भाउ बढ्नेछ भने डलरको भाउ बढ्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्न जान्छ । तर रेमिट्यान्समा भने फाइदा पुग्छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १०:४८