३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन मंसिर ४ मा गर्ने सरकारकाे घाेषणा

१९ साउन, काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले दैनिकीलाई जानकारी दिए ।

निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १५:०२