३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्न गठबन्धनमा सहमति

१८ साउन, काठमाडाैं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सहमत भएका छन् ।बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्नेबारे नेताहरू सहमत भएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदको कार्यकालबारे पनि सामान्य छलफल गरेको ती नेताले जानकारी दिए । ‘संसदको कार्यकालको बारेमा सामान्य छलफल भयो तर अझै निष्कर्षमा पुगिसकिएको छैन । चुनावको मितिबारे सबैको एकमत छ,’ ती नेताले भने । संसदबाट कुनै पनि अवस्थामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्नेबारे छलफल भएको ती नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव हुने गरी मिति तोक्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १८:५६