२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपालमा ९१५ कोरोना संक्रमित थपिए

१८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १८:१४