१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकलाई कर्मचारी चाहियो

१८ साउन, काठमाडाैं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एशिया बैंकले तपाईंको खाेजी गरिरहेको छ । बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा QR Scan गरी २०७९ भदाै १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १४:४९