२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

विद्यार्थीमा ज्वरो बढेपछि आजदेखि राप्ती गाउँपालिकाका बिद्यालय बन्द

१८ साउन, दाङ । बिद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन।

गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले बिद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजवाट कार्यान्वयनमा आएको हो ।

कोरोना संक्रमण पनि बढीरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाई छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०९:२७