२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ

१९ भदाै, काठमाडाैँ । गुण्डा नाइके सत्यमान लामा फेरि पक्राउ परेका छन । काभ्रेको तेमाल स्थायी घर भएका लामालार्इ यसअघि पक्राउको २४ घण्टा पनि नबित्दै नेकपाकी सांसद नविना लामाले छुटाएर लगेकी थिइन ।

प्रहरीले अाज केहीबेर अघि ठमेलबाट उनलार्इ पक्राउ गरेको जनाएको छ । लामाले फोनबाट अश्लिल शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हात खुट्टा भाँचिदिने, मार्ने, तँलाई मारे बापत जेलमा बस्न एकजना तयार छ भनी धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको उजुरी महानगरिय प्रहरी अपराध महाशाखामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १७:१९