२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

नुवाकोटको शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत ज्ञानेन्द्र भट्ट मसाज सेन्टरबाट पक्राउ

१६ साउन, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत ज्ञानेन्द्र भट्ट ललितपुरको एक मसाज सेन्टरबाट पक्राउ परेका छन । केही समयसम्म गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भट्ट नयाँ प्रशासकीय अधिकृतको रूपमा बसन्त कार्की आएपछि केही दिनको बिदा लिएर हिडेँका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित भट्ट प्रहरी नियन्त्रणमा परेका हुन । उनी गाउँपालिकामा विदा लिएर काठमाडाैँ गएका थिए ।

सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका भट्टको बारेमा प्रहरीकोमा खबर पुगेपछि प्रहरीले सरकारी सवारीसाधनसहित नियन्त्रणमा लिएको थियो । कार्यालय समयमा सरकारी सवारीसाधनसहित कर्मचारी मसाज सेन्टरमा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित पक्राउ गरेको भट्ट अहिले प्रहरीबाट मुक्त भैसकेका छन । उनले विदाको समयमा सरकारी सवारीसधानको दुरूपयोग गरेको बारेमा गाउँपालिकाले नै कारबाही गर्ने गरी अहिले पनि प्रहरीबाट उन्मुक्ति पाएका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार २१:१०