२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

रामारोशनमा कांग्रेसको क्रान्ती, गाउँ घुम्दा अध्यक्षको श्रीमतीलाई छुट्टै दैनिक भत्ता

१६ साउन, अछाम । नेपाली कांग्रेसका नेता एवं अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेर जागिर दिएका छन ।

कार्यालय सहयोगीको तलब पाउने गरी अध्यक्ष साउँदले श्रीमती जयसरा साउँदलाई नियुक्ति दिएका हुन । उनले श्रीमानसँगै घुम्दा दैनिकी भ्रमण भत्ता समेत पाउने गरी करार सम्झाैता गरिएको छ ।

जेठ १५ दिइएको जयसराको नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले हस्ताक्षर गरेका छन । जयसराले २१ हजार ३ सय रूपैयाँ मासिक पारिश्रमिक पाउनेछिन भने श्रीमान अनुगमनका नाममा निस्कदा उनी पनि सँगै निस्के दैनिक भत्ता पाउनेछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ०९:०५