१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

आर्थिक अपराधमा बहुमतको बलमा उन्मुक्ति पाएका जनार्दन शर्मा पुनः अर्थमन्त्री

१५ साउन, काठमाडौँ । बजेट निर्माणको अन्तिम समयमा बाह्य व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त हुने भएका छन । आर्थिक अपराधमा बहुमतको बलमा उन्मुक्ति पाएका शर्मा पुन अर्थमन्त्रीमा नियुक्त हुन लागेका हुन ।

नेकपा माओवादी केन्द्रले आइतबार शर्मालाइ पुनः मन्त्री बनाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन पार्टीले गरेको निर्णयको सिफारिस बुझाएका छन ।

माओवादी स्रोतका अनुसार शर्माले आजै वा भोलि सपथ खानेछन । बजेट निर्माण गरेको अपराध देखिने सीसीटीभी फुटेज नष्ट गराएका शर्मालाइ संसदीय छानविन विशेष समितिले बहुमतको बलमा उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १३:१८