१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’, १० लाख निक्षेप गर्दा १ करोड पाइने

१४ साउन, काठमाडाैं । एनआईसी एशिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनालाई निरन्तरता दिने भएकाे छ। बैंकले २०७९ असार १२ देखि असार मसान्तसम्मकोलागि यस ‘एनआई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियाे । बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० लाख निक्षेप गर्दा १ करोड पाइने उक्त याेजना अब साउन मसान्तसम्म रहने भएकाे छ ।

एनआईसी एशिया व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको यस योजनामा देश एवं विदेशमा बसेकाहरू एवं विभिन्न संस्थाहरूले देखाएकाे सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ साउन मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको बैंकले जनाएकाे छ ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यस याेजनाअन्तर्गत न्युनतम १० हजारमा खाता खाेल्न सकिने बैंकले जनाएकाे छ । जसमा ८४ लाख सम्मकाे बीमा समेत उपलब्ध भएकाे बैंकले जनाएकाे छ । यस्ते निक्षेप रकम र पाकेकाे ब्याज रकमकाे धिताेमा ९० प्रतिशतसम्म कर्जा लिन सकिने बैंकले जनाएकाे छ । यस्तै उक्त बचत याेजनामा ५ लाखसम्मकाे निशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने समेत बैंकले जनाएकाे छ । योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छः

योजना व्यक्तिगत संस्थागत रेमिट्यान्सः
२ गुणा ६ वर्ष ४ महिना २५ दिन ७ वर्ष २ महिना २७ दिन ५ वर्ष १० महिना १४ दिन
३ गुणा १० वर्ष २ महिना १४ दिन ११ वर्ष ८ महिना ९ दिन ९ वर्ष ४ महिना १० दिन
४ गुणा १२ वर्ष ११ महिना २ दिन १४ वर्ष १० महिना २९ दिन ११ वर्ष १० महिना ७ दिन
५ गुणा १५ वर्ष ० महिना १३ दिन १७ वर्ष ५ महिना ९ दिन १३ वर्ष ९ महिना १५ दिन
६ गुणा १६ वर्ष ९ महिना ६ दिन १९ वर्ष ६ महिना ७ दिन १५ वर्ष ४ महिना १७ दिन
७ गुणा १८ वर्ष २ महिना २४ दिन २१ वर्ष ३ महिना १३ दिन १६ वर्ष ८ महिना २१ दिन
८ गुणा १९ वर्ष ६ महिना १ दिन २२ वर्ष ९ महिना २६ दिन १७ वर्ष १० महिना २० दिन
९ गुणा २० वर्ष ७ महिना १५ दिन २४ वर्ष २ महिना ५ दिन १८ वर्ष ११ महिना १ दिन
१० गुणा २१ वर्ष ७ महिना १७ दिन २५ वर्ष ४ महिना २३ दिन १९ वर्ष १० महिना २ दिन

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ११:११