१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

जनार्दन शर्मा चोख्याउने प्रतिवेदनमा एमालेको फरक मत


१३ साउन, काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउनका लागि तयार पारिएको प्रतिवेदनमा एमाले फरकर मत राखेको छ । एमालेका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूले प्रतिवेदनमा फरक मत राखेका हुन ।

एमालेका सांसदहरू प्रदीपकुमार ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक संसदीय छानविन विशेष समितिमा रहेका थिए । समितिका सदस्य लक्ष्मणलाल कर्णयले एमालेको फरकमतसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छन । एमालेको फरक मतमा भनिएको छ, ‘अनधिकृत व्यक्तिको प्रवेशसम्बन्धी विषयलाई विषयान्तर गर्न र सीसीटीभीसम्बन्धी यथार्थ विवरण लुकाउन अर्थ मन्त्रालयका कर्मचारीहरुले प्रधानमन्त्रीको राजनीतिक संरक्षकत्व खोज्न, ३ महिनासम्म सीसीटीभी फुटेज सुरक्षित राख्नु पर्ने नियमको उल्लंघन हुनु, करका दरको हेरफेर पछिको असरको विश्लेषण गर्दा बजेट निर्माणका क्रममा स्थापित मान्यताहरु स्पष्ट ढङ्गले उल्लंघन भएको देखिनु र निश्चित व्यवसायिक समूहलाई लाभ हुने गरी कतिपय करका दरहरु हेरफेरहरु भएको लगायत परिस्थितिजन्य प्रमाणहरुले यस क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकालाई नै बल पुर्‍याउँछन्।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १६:०७