३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमालेको अहसमतिका बीच जनार्दन शर्मा चोख्याउने प्रतिवेदन सभामुखको हातमा

१३ साउन, काठमाडौँ । नेकपा एमालको असहमतिको बीचमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने प्रतिवेदन सभामुख अग्नि सापकोटाको हातमा पुगेको छ । संसदीय विशेष छानविन समितिका सदस्य लक्ष्मणलाल कर्णले उक्त प्रतिवेदन शुक्रबार सभामुखलाई हस्तान्तरण गरे ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका  क्रममा अनधिकृत व्यक्तिको सहभागिता गराएर करको दायरा हेरफेर गरेको अभियोग लागेपछि संसदले छानविन समिति बनाएको थियो । तर समितिमा एमालेका सांसद एकातिर बँकी सांसद एकातिर भएपछि बहुमतिको आधारमा चोख्याउँदै प्रतिवेदन तयार गरेर बुझाइएको छ ।

असार २२ गते गठन भएको समितिले झण्डै १७ दिनको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन अहिले सदस्य कर्णले प्रतिनिधिसभाको बैठकमा पनि पेश गरेका छन ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १५:५६