एसपीपीमा सहभागी नुहने पत्र अमेरिका पुगिसक्योः परराष्ट्रमन्त्री खड्का
१३ साउन, काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने नेपालको पत्र अमेरिका पुगिसकेको बताएका छन । प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै खड्काले एसपीपीमा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिए ।
उनले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी पठाएको बताए । एसपीपीबारे संसदमा एमाले सांसदहरूले निरन्तर प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यससम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १३:०२












