लक्ष्मी बैंकको सीईओमा पुनः शाह नियुक्त
१२ साउन, काठमाडाैं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजयबिक्रम शाह पुनः नियुक्त भएका छन् । चार वर्षे कार्यकाल सकेका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनि यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले चार वर्ष काम गर्नेछन् ।
शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका थिए । उनले सो बैंकमा १० वर्ष काम गर्नुभएको थियो । शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १९:२४












