१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

१ किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

११ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार छलि लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार २०:२०