१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धनुषाको एक मन्दिरबाट विभिन्न धनमाल चोरी

११ साउन, धनुषा । लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित श्री लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी भएको छ । मन्दिरको दान पेटिकामा रहेको नगद ३० हजार रूपैयाँ, चाँदीको सिक्का १०७ पिस, चाँदीको एक थान ५ तोलाको घण्टी, पित्तलको तीन थान ठुलो घण्टी, पित्तलको ५० थान सानो घण्टी, पित्तलको दुई थान गाग्री, सुनको टिकुली सानो २५ थान लगायतका सरसामान मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी लक्ष्मीनियाँ र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १४:४४