२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशमा राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदकाे बैठकले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १३:०७