३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

जानी राखौँः यी नाताभित्र सहमतिमै पनि यौन सम्बन्ध राख्न पाइदैन

१८ भदौ, काठमाडौँ । नेपाली समाजको छुट्टै र विशेष पहिचान रहेको छ । समाज र संस्कारलाई अझै मर्यादित र व्यवस्थित तथा अनुशासित बनाउन कतिपय अवस्थामा कानुनको समेत सहारा लिएको पाइन्छ । मुलुकु ऐनमा जस्तै उक्त ऐनलाई प्रतिस्थापन बनेको मुलुकी अपराध संहिता ऐन २०७४ ले हाडनाता करणीलाई अपराध मानेको छ ।

ऐनले हाडनाता करणीलाई अपराध मानी आफ्नो वंशका सात पुस्तासम्ममा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी कैद र जरिवानाको व्यवस्था गरेको छ । ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २२० मा हाडनाता करणी सम्बन्धी यस्तो व्यवस्था गरेको छ ।

हाडनातामा करणी गर्न नहुनेः (१) कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु हुँदैन ।
(२) देहायका नातामा उपदफा (१) बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिम
सजाय हुनेछः–
(क) जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद,
(ख) सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार
रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना ।

(ग) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिबाना,

(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिएदेखि बाहेक आप्mनो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १५:४६