२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एक महिला र बालकको भीरबाट लडेर मृत्यु

९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिला र एक बालकको भीरबाट लडेर ज्यान गएको छ । चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका हुन् ।

उनीहरू इन्द्रावती गाउँपालिका कोइरालाटारको भीरबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १९:२७