२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अछाममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

९ साउन, अछाम । तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् ।

पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १३:१७