१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

ग्लोबल आईएमई बैंकले बढायो नाफा

६ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसैअवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसकोप्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:२८