३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

कम्प्युटर ह्याक र डाटा चोरी घटनाः नेविसंघका चार नेता पक्राउ

१७ भदौ, काठमाडाैँ । नेपाल विद्यार्थी संघका चार नेता पक्राउ परेका छन । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन गएका नेविसंघका ४ नेताहरु पक्राउ परेका हुन ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विश्वविद्यालयका नेताहरू डिफान भुजेल, विनय पौडेल, राजेन्द्र बराल र अभिषेक गिरी  रहेका छन् । उनीहरुलाई कास्कीको डाँडाको नाक प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार २०:४५