विदेशमा रहेका नेपालीले अागामी निर्वाचनमा भोट हाल्न पाउने (सर्वोच्चको फैसलाको पूर्ण पाठ)
१७ भदाै, काठमाडाैँ । विदेशमा रहेका नेपाली नागरिकले अब अागामी निर्वाचनबाट भोट हाल्न पाउने भएका छन । विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो । गएको चैतमा नै सर्वोच्चले सरकारलाई विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गर्न भने पनि अाइतबार मात्रै मिशिल सार्वजनिक भएको हो ।
विदेशमा रहेका नेपालीलाई भोट हाल्नबाट वञ्चित गराउन नहुने भन्दै सर्वोच्चले तत्काल आवश्यक कार्यविधि बनाएर उनीहरुलाई भोट हाल्न पाउने अधिकारबाट बञ्चित नगर्न सरकारलाई आदेश दिएको छ । विदेशमा रहेका, नेपाली नागरिकताको प्रमाणपत्र र मतदान परिचयपत्र भएका तथा देशको नागरिकता लिइ नसकेका नेपाली नागरिकलाई भोट हाल्न पाउने व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ । अहिले झण्डै ४३ लाख नेपाली नागरिक वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन ।
सर्वाेच्चले गरेको फैसलाको पूर्ण पाठ
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १९:२६