जनतालाई कुहिएको मासु खुवाउने पार्टी प्यालेसको पक्षमा देखिए नेकपाका सांसद बसन्त मानन्धर
१७ भदौ, काठमाडौँ । इमान्दार र राम्रो व्यक्तित्वको छवी बनाएका भनिएका नेकपाका नेता एवम् प्रदेश ३ का सांसद बसन्त मानन्धरले शनिबार आफ्नो हैसियत देखाएका छन । कुहिएको मासु खुवाएको भन्ने गुनासोको आधारमा खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा अनुगमन गर्दा उनले सिल गर्ने काममा अबरोध गरेका थिए ।
अनुगमनका क्रममा उक्त पार्टी प्यालेसमा कुहिएको मासु बिक्री गरेको पुष्टिभएपछि अनुगमन टोलीले सिल गरेको विभागका महानिर्देशक सञ्जिव कर्णले बताए । बैंक्वेटमा प्रयोग भएका मसलादेखि पिठो समेत अखाद्य भेटिएपछि अनुगमन टोलीले सिल गर्ने तयारी गरेर मुचुल्का समेत उठाइसकेको अवस्थामा मानन्धरले सिल गर्ने टोलीलाई अबरोध गरेर एक छिन रोके ।
तर त्यसपछि पार्टी प्यालेसमा देखिएको भीडले मानन्धरलाई झण्डै आक्रमणको प्रयास समेत गरेको थियो । उपभोक्ताको स्वास्थ्यमा ज्यादती नै मच्चाइरहेको पार्टी प्यालेसले गरेको गलत कामको पर्दाफास समेत भैसकेको अवस्थामा मानन्धरले गलत कामको बचाउगर्दै मिलाउनका निम्ति गरेको प्रयास अस्वभाविक देखिएको थियो अनुगमनमा संलग्न उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जानकारी दिए । मानन्धले प्रहरी र अनुगमन टोलीलाई फकाउनका निम्ति जुन प्रयास गरे त्यो असफल भयो ।
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १७:३८