३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

बिरामीलार्इ अलपत्र पारेर चिकित्सक संघको नेतृत्वमा गोविन्द केसी लगायतका चिकित्सक सडकमा

१७ भदाै, काठमाडाैँ । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर चिकित्सक संघको अाह्वानमा देशभरिका चिकित्सकहरु सडकमा निस्किएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा निस्किएका हुन ।

उपचारमा लापरवाही गरेर बिरामीको ज्यान लिने चिकित्सकलार्इ कडा कानुनी कारबाही हुने भएपछि त्यसको बिरोधमा संघले अस्पताल बन्द गराएर चिकित्सलार्इ सडकमा उतारेको हो ।

चिकित्सकहरूले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गरेका छन । अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकहरूको अगुवाइ संघले गरे पनि अग्रभागमा भने डा गोविन्द केसी, मुक्ति श्रेष्ठ, केदारनरसिंह केसी लगायतका छन ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १५:०८