१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

साउन १३ बाट सर्वसाधारणसका लागि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

४ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओको निष्कासन बन्द छिटोमा साउन १७ गते बैंकिङ समयपछि हुनेछ । यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा साउन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ । आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ११:०७