विराटनगर महानगरमा बम बिस्फोट गराउने तराई मुक्ति मोर्चाका तीन जना पक्राउ
१७ भदाै, काठमाडाैँ । मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि गरेको हो । महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्नमध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार बिहान २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १३:४१