१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई जना फरार प्रतिवादी पक्राउ

३ असार, नेपालगञ्ज । बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो । त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १८:३९