१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईसी एशियाको एटीएम मेसिन फोर्दाफोर्दै पक्राउ परे नरेश पुन

२ साउन पोखरा । एनआईसी एशियाको एटीएम मेशिन फोर्दाफोर्दै रूकुमका नरेश पुन पोखराबाट पक्राउ परेका छन । पिक लिएर एटीएम मेसिन फुटाउँदै गर्दा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३१ गते राति पोखराको न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा पुन पक्राउ परेका हुन । रुकुम स्थायी घर भए पनि पुन हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०८:४३