२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

डोरमणिका नाममा १४ पटक हेलिकप्टरमा उडेको फर्जी बिल बनाएर कसले कुम्ल्यायो पैसा ?


३१ असार, काठमाडाैँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै पालामा १ लाखको राहत वितरण गर्न २८ लाख खर्च भएको भन्ने समाचार देखेर आफू आश्चर्यमा परेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा यस बारेमा लेख्दै पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षण गर्न आफ्नो नेतृत्वमा एक पटक मात्रै हेलिकोप्टरमार्फत गएको पौडेलले स्पष्ट पारेका छन । तर, थप १४ उडानको फर्जी बिल बनाएर राज्यकोषबाट २८ लाख रुपैयाँ भुक्तानी भएको उनको भनाइ छ । १४ वटा फर्जी उडानको बिल कसले र किन बनायो तत्काल छानविन गर्न पौडेलले माग गरेका छन ।

‘पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पुर्याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरले म स्तब्ध भएको छु’ पौडेलले लेखेका छन । एउटा उडान हुने अनि १५ वटा उडानको भुक्तानी लिने प्रक्रिया गम्भिर भएको भन्दै तत्काल छानविन गर्न उहाँले माग गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार २२:२१