४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

दैलेखको गुराँस गाउँपालिकाका करार कर्मचारी हटाइएपछि प्रदर्शन, प्रहरीले गोली चलायाे

३१ असार, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडप भएको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको हाे । प्रहरीले सर्ट गनबाट गोली चलाएको हो भने सशस्त्र प्रहरीले दुई राउण्ड गोली चलाएको बताइएको छ ।

‘अघिल्लो चुनावमा नियुक्त भएका कर्मचारीलाई नगरपालिकाले हटाउने आन्तरिक तयारी गरेको थियो । उक्त कदमका विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहका अनुसार हालसम्म पाँच जना प्रहरी र दुईजना शसस्त्र प्रहरी घाईते भएका छन् । स्थानीय पनि घाइते भएको तर पुरा विवरण भने नआइसकेको उनको भनाई छ ।

घाईतेको उपचार गर्न अहिले प्रदेश अस्पताल ल्याइएको छ । हालै भएको स्थानीय चुनावमा गुराँस गाउँपालिकामा एमाले विजयी बनेको छ । एमाले नेतृत्वको सरकारले पुराना कर्मचारीलाई हटाउने भन्दै केही दिनअघि सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार २१:२२